अर्घाखाँचीको मालारानीमा आगलागी: एक भैंसी, तीन बाख्रा र , घरका सामान जलेर  नष्ट

राजेश बस्नेत

Workplace

अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ पोखरीमुनीस्थित विष्णुप्रसाद भुसालको गोठमा भीषण आगलागी हुँदा ठूलो क्षति पुगेको छ। आगलागीका कारण गोठमा रहेका एक भैंसी र तीनवटा बाख्रा जलेर नष्ट भएका छन्।

गोठबाट फैलिएको आगोले भुसालको घरमा पनि क्षति पुर्‍याएको छ। घरको सिपको (छानो) जलेर नष्ट हुनुका साथै भित्र रहेका लत्ताकपडा पूर्ण रूपमा जलेका छन्। आगलागीले छिमेकी माधवप्रसाद भुसालको घरमा समेत क्षति पुर्‍याएको छ, जसका कारण उनको घरको सिपको र लत्ताकपडा पनि जलेर नष्ट भएका छन्।

स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय खनको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?