आज मिति २०८२ पुस ३ गते बिहीबार आजको राशीफल

🌼🌻🙏

Workplace

मेष : समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। आजको कामले दिगो फाइदा हुनेछ।

- Advertisement -Workplace

वृष : नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

मिथुन : भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

कर्कट : श्रमको उच्च मूल्यांकन हुनेछ। पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ।

सिंह : भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला।

कन्या : प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ।

तुला : अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

वृश्चिक : केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट सामान्य फाइदा भइरहनेछ।

धनु : भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।

मकर : परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

कुम्भ : पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ।

मीन : सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?