क्रिप्टोकरन्सीको भाउ घट्दा ट्रम्पको मिडिया कम्पनीलाई ३६ अर्ब ३० कराेड रुपैयाँ घाटा

समाचार सारांश
Auto Generated by AI
  • ट्रम्प मिडिया कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २३ करोड ८० लाख डलर घाटा व्यहोरेको छ।
  • क्रिप्टोकरेन्सीको मूल्यमा आएको भारी गिरावटले गर्दा कम्पनीको घाटा गत वर्षको तुलनामा दश गुणा बढेको हो।
  • घाटाका बाबजुद कम्पनीको आम्दानी ८९ प्रतिशतले बढेर १७ लाख डलर पुगेको छ भने कुल सम्पत्ति २ अर्ब डलर रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीले गएको अप्रिलदेखि जुन महिनाको अवधिमा २३ करोड ८० लाख डलर अर्थात् ३६ अर्ब ३० करोड रुपैयाँ घाटा भएको जनाएको छ ।

Workplace

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ को मातृ कम्पनी ‘ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप कर्पाेरेशन’ ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा यो घाटा व्यहोरेको हो ।

यस अवधिमा कम्पनीले क्रिप्टोकरेन्सीलगायत सञ्चारसँग सम्बन्ध नभएका विभिन्न क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गरेको थियो ।

कम्पनीका अनुसार आफ्नो स्वामित्वमा रहेका क्रिप्टोकरेन्सीको मूल्यमा आएको ठूलो गिरावटका कारण घाटा बढेको हो । यो घाटा गएको वर्षको यही अवधिको तुलनामा १० गुणाभन्दा धेरै हो ।

यद्यपि दोस्रो त्रैमासमा कम्पनीको आम्दानी १७ लाख डलर पुगेको छ । यो गएको वर्षको यही अवधिको तुलनामा ८९ प्रतिशत धेरै हो ।

कम्पनीले गएको जुन महिनाको अन्त्यसम्ममा आफ्नो कुल सम्पत्ति झन्डै २ अर्ब डलर पुगेको जनाएको छ । त्यसमध्ये नगद, अल्पकालीन लगानी तथा डिजिटल मुद्रासहितका वित्तीय सम्पत्ति झन्डै १ अर्ब ९० करोड डलर बराबर छ ।

ट्रम्प मिडिया कम्पनीले पछिल्लो समय सामाजिक सञ्जाल व्यवसायभन्दा बाहिर क्रिप्टोकरेन्सी, होल्डिङ तथा स्वच्छ ऊर्जा क्षेत्रमा समेत लगानी गर्दै आएको छ । तर कम्पनीले अहिलेसम्म नाफा कमाउन सकेको छैन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?