समय सान्दर्भिक मुक्तकहरू

✍️मुक्तकहरू

Workplace

१.
“अझै तिमिलाई केही ओहदा माथी मिल्नेछ,
सर्वोत्कृष्ट व्यापारीको उपाधि मिल्नेछ।
सोझो युवालाई प्रेममा फसाई रङ्ग फेर्नुभन्दा,
देह व्यापार गर पिपासुको ताती मिल्नेछ।”

२.
“राम्रो एकजोर किन्न जामा पैसा हुदैन।
जति लिउँचिउँ गरेनी आमा पैसा हुदैन।
आउन त महिनै पिच्छे रोकिदैन तलब,
आएको दोस्रो दिन खातामा पैसा हुदैन।”

३.
“दुख के हो भोक्नेलाई थाहा हुन्छ।
जिन्दगी देखेको जस्तो काहा हुन्छ।
रहरले होइन बाध्यताले चल्छ जीवन,
नत्र रंगमय बिताउने सबैको चाहा हुन्छ।”

४.
“सदा गरेर संरक्षण बार बार आउन पुगोस।
जिवित प्राणी सबको नशामा अटाउन पुगोस।
महोदय बन्नु नै छ भने सागर होइन कुवा बन्नुस,
ताकि जङ्गलको शेर पनि शिर झुकाउन पुगोस।”

लेखक कमल पृथक
साँपुल्ली जुम्ला 

अहिलेको परिस्थितिमा यी मुक्तकहरू केवल कविताका पङ्क्तिहरू नभई समाजका समस्याहरूलाई प्रस्ट पार्ने बलिया अभिव्यक्तिहरू हरु हुन । आर्थिक सङ्कट, गलत प्रवृत्तिको हाबी हुनु, बाध्यता, र नेतृत्वको सही रूपको खोजी—यी सबै कुराहरू  कमल पृथक्का मुक्तकमार्फत स्पष्ट देखन सकिन्छ ।

इ यस्तै हरेक गतिविधिबारे जानकारी लिन हाम्रो समाचारको तल फेसबुक पेज राखेका छौ फलो लाइक गरि सबै जाना जोडिनु होला ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?