हिमाली जिल्ला झ्यारीमा महादेव युवा क्लबको पहल— देउसी–भैलोको रकमबाट बाटो, पुल र सरसफाइ अभियान

मुगु — हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका–८ झ्यारी गाउँमा महादेव युवा क्लबले स्थानीय विकास र सरसफाइमा उल्लेखनीय पहल गरेको छ।

Workplace

देउसी–भैलो खेलेर संकलन गरिएको रकम प्रयोग गरी बर्खायामले बगाएका बाटोघाटो र काठे पुल–पुलेसाको मर्मत सम्पन्न गरिएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष सुरेश रावलको नेतृत्व र सचिव डिजन रावलको समन्वयमा झ्यारी गाउँ सरसफाइ अभियान पनि सँगै चलाइएकाले स्थानीयले अभियानलाई उत्साहपूर्ण समर्थन जनाएका छन्।

समाजमा सकारात्मक रूपान्तरण ल्याउने उद्देश्यसहित थालिएको अभियानमा गाउँकै बासिन्दादेखि स्थानीय जनप्रतिनिधिसम्म सक्रिय रुपमा सहभागी भएका छन्।

दलित फोकामा रहेको काठे पुलको साँघु र घट्ट खोलामा रहेको अर्को काठे पुल समेत पुनःमर्मत गरिएको क्लबले जनाएको छ। देउसी–भैलोबाट उठेको रकमले यो काम सम्भव भएको र स्थानीयको सहयोगले अभियान सहज बनेको सचिव रावलले जानकारी दिए।

महादेव युवा क्लबले अब आगामी दिनमा महिनाको प्रत्येक शनिबार नियमित रूपमा गाउँ सरसफाइ गर्ने म्यान्डेट तय गरेको छ। साथै, नेपालको सुन्दरतम गन्तव्य मानिने राराताल नजिकैको गाउँ भएकाले महिनाको अन्तिम शनिबार राराताल क्षेत्रमा समेत सरसफाइ अभियान सञ्चालन गर्ने योजनाबारे क्लबले जानकारी दिएको छ।

स्थानीयले युवा क्लबको पहलकदमीलाई गाउँ विकास, स्वच्छता र पर्यटन प्रवर्द्धनतर्फको सकारात्मक कदमका रूपमा प्रशंसा गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?