
- मेष र सिंह राशिका व्यक्तिले आज स्वास्थ्य र खर्चमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
- वृष, मिथुन, कर्कट, कन्या, तुला, मकर, कुम्भ र मीन राशिका लागि आर्थिक लाभ तथा कार्यसिद्धि हुने योग छ।
- वृश्चिक राशिका व्यक्तिले भाग्यको साथ पाए पनि यात्रा र स्वास्थ्यमा भने सचेत रहनुपर्नेछ।
🌼🌻🙏🙏

मेष : आज मनमा केही अस्थिरता वा चिन्ता रहन सक्छ। घर(परिवार र आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउँदा वा हतारमा निर्णय लिँदा सावधानी अपनाउनु राम्रो हुन्छ। कार्यक्षेत्रमा कामको चाप बढे पनि धैर्यतापूर्वक अघि बढेमा साँझसम्म परिस्थिति अनुकूल बन्दै जानेछ।
वृष : तपाईंको पराक्रम र आत्मबलमा वृद्धि हुनेछ। दाजुभाइ तथा नजिकका साथीभाइबाट राम्रो सहयोग प्राप्त हुनेछ। रोकिएका कामहरू पुनस् सुचारु हुनेछन् र नयाँ कार्यको थालनी गर्नका लागि समय अनुकूल छ। छोटो दूरीको व्यावसायिक वा पारिवारिक यात्रा लाभदायक रहनेछ।
मिथुन : आर्थिक दृष्टिकोणले आजको दिन निकै फलदायी रहनेछ। वाणीमा मधुरता र प्रभाव रहने भएकाले बोलीकै भरमा अड्किएका कामहरू बन्नेछन्। आकस्मिक धन लाभ वा रोकिएको रकम फिर्ता हुन सक्ने योग छ। परिवारमा खुसी र सुख(शान्तिको वातावरण कायम रहनेछ।
कर्कट : मानसिक ऊर्जा र उत्साह भरपूर रहनेछ। व्यक्तित्व प्रभावशाली बन्नेछ र सामाजिक काममा रुचि बढ्नेछ। नयाँ सोच र योजनाहरूलाई अघि बढाउने उत्कृष्ट समय छ। अध्ययन, अध्यापन र व्यापार दुवै क्षेत्रमा सफलता मिल्नेछ।
सिंह : खर्चमा केही वृद्धि हुन सक्ने भएकाले बजेट नियन्त्रणमा राख्नुहोला। कामको सिलसिलेवार दौडधुप बढी हुन सक्छ, जसले गर्दा शारीरिक थकान महसुस हुनेछ। अनावश्यक विवादबाट टाढा रहनु नै बेस हुनेछ। वैदेशिक कार्य वा व्यापारमा लागेकाहरूका लागि भने दिन राम्रो रहनेछ।
कन्या : आम्दानी र लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। सोचेका योजनाहरू सजिलै सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। पुराना साथीभाइसँगको भेटघाटले उत्साह थप्नेछ। अध्ययन तथा व्यावसायिक क्षेत्रमा सोचेभन्दा राम्रो नतिजा हात पार्न सकिनेछ।
तुला : दशम भावमा चन्द्रमाको उपस्थिति रहेकाले कार्यक्षेत्रमा ठूलो सफलता र मान(सम्मान प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ भने कार्यस्थलमा नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ। रोकिएका सरकारी वा प्रशासनिक कामहरू सुचारु हुनेछन्।
वृश्चिक : भाग्यको पूर्ण साथ मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। लामो दूरीको यात्रा वा नयाँ योजनाहरू सफल हुने सम्भावना छ। रोकिएका महत्त्वपूर्ण कामहरू अग्रज तथा गुरुजनको सहयोगमा सम्पन्न हुनेछन्। स्वास्थ्यमा चिसो वा पेटसम्बन्धी केही समस्या आउन सक्छ, खानपानमा सजग रहनुहोला। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। आज नयाँ ठूलो लगानी वा जोखिमपूर्ण काम नगर्नु नै बुद्धिमानी हुनेछ।
मकर : व्यापार(व्यवसायमा नयाँ साझेदारी र लाभको योग छ। दाम्पत्य जीवन र प्रेम सम्बन्धमा आत्मीयता र मधुरता थपिनेछ। रमाइलो यात्राको सम्भावना छ। कार्यक्षेत्रमा सहकर्मीहरूको पूर्ण सहयोग प्राप्त हुनेछ।
कुम्भ : प्रतिस्पर्धा र परीक्षामा सफलता मिल्नेछ। शत्रु तथा विरोधीहरू स्वतः परास्त हुनेछन्। पुराना रोग वा झैझगडाबाट मुक्ति मिल्ने संकेत छ। स्वास्थ्यमा सुधार आउनेछ भने आफ्नै मिहिनेतले रोकिएका कामहरू पूरा गर्न सकिनेछ।
मीन : बुद्धि र विवेकको सही प्रयोगले रोकिएका काम बन्नेछन्। अध्ययन(अध्यापनमा रुचि बढ्नेछ। सन्तान वा परिवारका तर्फबाट शुभ समाचार सुन्न पाइनेछ। सिर्जनात्मक र कलात्मक क्षेत्रमा लागेका व्यक्तिहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ।
