रविले बोलाए सर्वदलीय बैठक, आज ११ बजे बस्ने

समाचार सारांश
Auto Generated by AI
  • रास्वपा सभापति रवि लामिछानेले विपद् व्यवस्थापनका लागि सर्वदलीय बैठक बोलाएका छन्।
  • बुधबार बिहान ११ बजे सिंहदरबारमा हुने बैठकले साझा रणनीति बनाउनेछ।
  • बैठकमा विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने मुख्य एजेन्डा छ।

काठमाडौ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठनको प्रस्ताव गर्दै शीर्ष नेताहरूको सर्वदलीय बैठक आह्वान गरेका छन्।

Workplace

बैठक आज बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। मुलुकमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला राजनीतिक दलहरूबीच प्रभावकारी समन्वय र साझा रणनीति बनाउन सभापति लामिछानेले शीर्ष नेतृत्वलाई छलफलमा बोलाएका हुन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बुधबार बस्ने बैठकमा विपद् प्रतिकार्य, प्रभावकारी उद्धार, राहत तथा पुनर्निर्माणलाई गति दिन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने मुख्य एजेन्डामाथि छलफल हुनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?