अर्घाखाँचमा अपाङ्गता भएकी महिलामाथि करणी आरोपमा ६३ वर्षीय पुरुष एक बर्षा पोछी पक्राउ

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटमा बोल्न नसक्ने तथा बौद्धिक अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई पटक–पटक बलात्कार गरेको आरोपमा फरार रहेका ६३ वर्षीय गोबिन्द बस्याललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार बस्याललाई आइतबार नियन्त्रणमा लिइएको हो।

Workplace

पीडित महिलाले बस्यालको घरमा गोबर फाल्ने, सरसफाइ गर्ने जस्ता काम सघाउने गर्थिन्। सोही क्रममा बस्यालले मौका छोपी उनलाई बारम्बार बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। जब युवती गर्भवती भएको थाहा भयो, तब मात्रै घटना बाहिर आएको थियो । उनका परिवार तथा छिमेकीहरूले पेट बढ्दै गएपछि शंका गर्न थालेका थिए। अमिलो–पिरो खाने इच्छा बढेपछि परिवारले उनलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्क लगे, जहाँ चिकित्सकले पाँच महिनाको गर्भ रहेको जानकारी दिए।

यो सुनेपछि परिवारले पीडितलाई घटनाबारे सोध्दा उनले आफूमाथि भएका सबै घटनाहरू बताइन्। त्यसपछि परिवारको सहयोगमा प्रहरीमा जाहेरी दर्ता गरिएको थियो। उजुरी परेको जानकारी पाएलगत्तै बस्याल फरार भएका थिए। लामो खोजीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पीडित युवतीले गएको कार्तिक २८ गते छोरालाई जन्म दिएकी छन्।

प्रहरीले बस्याललाई नियन्त्रणमा लिएर जबरजस्ती करणीसम्बन्धी कसूरमा कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। पीडितका परिवारले दोषीलाई कडा सजायको माग गरेका छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?