सडक मर्मत विवाद अन्त्य: गमगढीको न्युरोड क्षेत्रमा आरसिसी र नाला निर्माण कार्य सुरु

समाचार सारांश
Auto Generated by AI
  • मुगुको गमगढीस्थित न्युरोडमा लामो समयदेखि रोकिएको सडक मर्मत र स्तरोन्नतिको काम सहमति जुटेलगत्तै सुरु भएको छ।
  • स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकाय र जग्गाधनीहरूको समन्वयमा सडक चौडा बनाउने र ढलान गर्ने कार्य अघि बढाइएको छ।
  • सडक र नाला निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको आवतजावत थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
रतन रावल गमगढी, मुगु ।
 हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजारस्थित न्युरोड क्षेत्रमा लामो समयदेखि विवादका कारण रोकिएको सडक मर्मत तथा स्तरोन्नति कार्य आज बाट सहमति जुटेपछि सफलता पूर्वक सडक सम्पन्न गरिएको छ। लामो समय  पछि सडकको विवाद समाधान भएसँगै आज उक्त क्षेत्रमा डोजर प्रयोग गरी नाला र सडक ढलान R.C.Cको काम द्रुत गतिमा अघि बढाइने  काम भएको छ। जानकारी प्राप्त भएको छ
गमगढी न्युरोडस्थित रोकाया इनदेखि जुनतारा पसलसम्म को सडक खण्डमा रहेको अवरोध हटाउन स्थानीय तह, राजनीतिक दल र सुरक्षा निकायको ठूलो भूमिका रहेको थियो। सडक सहजीकरण एवं निकास निकाल्ने कार्यमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्की जिल्लामा रहेका विभिन्न सरकारवाला निकायको समन्वयन सहित नेपाली कांग्रेस, नेकपा एमाले, र राष्ट्रिय स्वतन्त्र पार्टी  लगायतका प्रमुख राजनीतिक दलहरूले आपसी समन्वय गरेका थिए । सबैको साझा प्रतिबद्धताका साथ आजबाट यो सडक निर्माणको कार्य अघि छ।
विकास निर्माणको यो कार्यलाई पूर्णता दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीले मैदानमै खटिएर विशेष सहयोग पुर्‍याएका थिए ।
लामो समयको गतिरोध अन्त्य गर्दै बजारको मुख्य सडक चौडा र व्यवस्थित बनाउने कार्यमा ऐतिहासिक सहयोग गर्ने जग्गाधनीहरूलाई स्थानीय स्तरबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ । साथै, सडक मर्मत कार्यलाई सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण राजनीतिक दल, सुरक्षा निकाय, नगर प्रहरी, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायप्रति आयोजक तथा सम्बन्धित पक्षले हार्दिक आभार व्यक्त गरेको छ।
सडक र नाला निर्माण सम्पन्न भएसँगै गमगढी बजारको आवतजावत थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?