अर्घाखाँची — टारीमा भएको हालको सवारी दुर्घटनामा मृत्यु भएका दुईजनाको शव सुरक्षित राख्ने ठाउँ नभएपछि जिल्ला अस्पतालको व्यवस्थापन फेरि प्रश्नको घेरामा आएको छ। शव सुरक्षित राख्न ल्याइए पनि अस्पतालको डेफ्रिज काम नगरेपछि अन्ततः काठको बाकस प्रयोग गर्नुपरेको घटना बाहिरिएपछि स्थानीयदेखि सामाजिक सञ्जालसम्म आलोचनाको तुफान उठेको छ।

यस घटनापछि अर्घाखाँची जिल्ला अस्पतालका पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा एकीकृत समाजवादीका नेता राम बहादुर चौहानले अस्पतालको दुरावस्था विरुद्ध कडा शब्दमा बिरोध जनाएका छ्न । उनले हिजो दुर्घटनामा निधन भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। तर, अस्पतालको अवस्थाप्रति भने उनले असह्य आक्रोश पोख्दै यसलाई जिल्लाबासीको लागि लाजमर्दो अवस्था भनेका छन्।
चौहानले भने, “अस्पतालमा शव ल्याएपछि बल्ल डेफ्रिज मर्मत थाल्नु मूर्खता र लापरबाहीको पराकाष्ठा हो। यो केवल अस्पतालको मात्र हैन, सिंगो जिल्लाबासीको इज्जत निहुराउने विषय रहेको समेत बताएका छ्न ।
उनले आफ्नो अध्यक्षकालमा अस्पतालको अवस्था तुलनात्मक रूपमा उत्कृष्ट रहेको स्मरण गर्दै भने, “त्यस समयमा कुनै पनि शव सुरक्षित राख्दा कहिल्यै गुनासो आउन दिइएन। म आफैं दिनमा दुईपटक अनुगमन गर्थेँ। आकस्मिक कक्षदेखि ल्याब, एक्स–रे, शौचालय, सफाइ, पानी र औषधिसम्म सबै चुस्त दुरुस्त राखिन्थ्यो।”
चौहानका अनुसार अहिले भने न्यूनतम कुरामा पनि समस्या आउने अवस्था बनेको छ। बिरामीलाई पानी नपर्ने, शौचालयमै गुनासो हुने, अक्सिजन सिलिन्डरमा समस्या देखिने, औषधि सहजै नपाइने, ल्याब र एक्स–रे चौबीसै घण्टा नचल्ने, अस्पताल सफा नभएकोजस्ता विषयमा सधैं गुनासो सुन्नु परेको उनको भनाइ छ।
उनले थपे, “बरु अस्पतालले सुविधासम्पन्न भवन निर्माण, आधुनिक उपकरण, आईसीयू, सिटी–स्क्यान, डायलाइसिस, ब्लड बैंक जस्ता सेवामा ध्यान दिनुपर्ने हो। तर यहाँ भने डेफ्रिजदेखि पंखा र बत्तीको समस्या मात्र दोहोरिँदै आएको छ।”
चौहानले वर्तमान व्यवस्थापन प्रणालीलाई समेत दोष लगाउँदै भने, “अस्पतालको नेतृत्वमा दक्ष र अनुभवी व्यक्तिलाई नियुक्त गर्नुपर्ने हो। तर यहाँ त झोले र प्याउटे नियुक्ति गरेर अस्पताललाई कमजोर बनाइयो। यही नै मूल कारण हो।”
सीधा चेतावनी दिँदै चौहानले भने, “यदि तिमीलाई आट छ भने तत्काल सक्षम व्यक्ति नियुक्त गर। त्यस्तो व्यक्तिलाई भेटेनौ भने म आफैं तयार छु। जिम्मेवारी पाएपछि म अस्पताललाई गाली होइन, ताली दिलाउने काम गर्छु।”
उनले अझै दृढ शब्द प्रयोग गर्दै भने, “म नियुक्त भएँ र भोलिपल्टै गुनासो आयो भने, म पिपलको बोटमा फल्न तयार हुनेछु। म जे बोल्छु, त्यही गर्छु। बेइमानी र फट्याइँ म जान्दिनँ।”
चौहानले अहिले निर्णय गर्ने जिम्मा सरकार वालाको हातमा रहेको उल्लेख गर्दै ढिलो गरे जनताले फागुन २१ पछि नै आफ्नो फैसलाले देखाउने चेतावनी पनि दिए। उनले भने, “समय र ज्वारभाटा कसैलाई पर्खदैन। यदि यो मौकामा पनि चुक्नुभयो भने जनताको फैसला दिनको घामजत्तिकै छर्लङ्ग हुने उल्लेख गरेका छ्न ।
उक्त बिषयमा समेत आज दिउसो नेपाल खोजखबर ड्ट कमले प्रश्न र सुझाब सहिट एउटा रिपोर्ट तयार गरेको थियो उक्त समाचार यहाँ छ https://nepalkhojkhabar.com/2025/09/13464
यस्तै हरेक समाचार सुचनाको लागि हाम्रो नेपाल खोजखबर फेसबुक पेज लाई फलो गरि जोडिनु होला । उक्त फेसबुक पेजको लिङ्क हामी तल राखदिएका छौ
https://www.facebook.com/share/1Gm6NBZTv3/
