लागू औषध ब्राउनसुगर (खैरो हिरोइन) सहित एक जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • पोखराको पृथ्वीचोकबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
  • धादिङका दलबहादुर ठकुरीको साथबाट १४.२८ ग्राम ब्राउनसुगर र नगद बरामद गरिएको छ।
  • पक्राउ परेका ठकुरीमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

पोखरा।पोखराको पृथ्वीचोकबाट प्रहरीले लागू औषध ब्राउनसुगर (खैरो हिरोइन) सहित एक जनालाई पक्राउ गरेको छ।

Workplace

लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले धादिङको बेनिघाट गाउँपालिका-३ मलेखु निवासी ३७ वर्षीय दलबहादुर ठकुरी (किसान) लाई नियन्त्रणमा लिएको हो।

बुधबार राति करिब साढे ९ बजे पक्राउ परेका ठकुरीको साथबाट प्लाष्टिकबाहेक १४.२८ ग्राम ब्राउनसुगर, नगद ३० हजार रुपैयाँ र दुई थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेका ठकुरीमाथि लागू औषधसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?