काठमाडौ – शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्दै काठमाडौंमा ¥यालि निकालेको छ।

नारायणहिटी दरबार संग्रहालय अगाडि भेला भएका प्रदर्शनकारीहरूले पूर्वराजालाई फेरि श्रीपेच लगाउने र राजसंस्था पुनःस्थापना गर्ने माग गर्दै प्रदर्शन गरेका हुन।
राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशसँग जोडेर हेरिएको छ।
शाहले आफ्नो सन्देशमा हालको व्यवस्था प्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र जनजीविकाको विषयमा चिन्ता व्यक्त गरेका थिए।
यसपछि राजावादी समूहहरू झन् सक्रिय हुन थालेका छन्।
यो प्रदर्शनले नेपालमा राजसंस्थाप्रति रहेको समर्थन र असन्तुष्टिको अवस्था पुनः सतहमा ल्याएको छ।
अब सरकार र अन्य राजनीतिक दलहरूको यसप्रति के प्रतिक्रिया आउँछ भन्ने चासोको विषय हुन थालेको छ। फोटो हरु

