छायाँनाथ रारा र पोखरा महानगरपालिका बीच अनुभव आदान–प्रदान: स्थानीय शासन सुदृढीकरणमा जोड।

समाचार सारांश
Auto Generated by AI
  • पोखरा र छायाँनाथ रारा नगरपालिकाका जनप्रतिनिधिबीच अनुभव तथा सिकाइ आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ।
  • पोखरा उप-प्रमुख गुरुङले न्यायिक समिति, महिला सशक्तीकरण र पर्यटन प्रवर्द्धनका सफल अभ्यासहरू साझा गर्नुभयो।
  • दुवै पक्षले आगामी दिनमा आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुगु रतन बहादुर रावल मुगु   पोखरा महानगरपालिका का नगर उप–प्रमुख मञ्जुदेवी गुरुङ सहितको प्रतिनिधिमण्डल र छायाँनाथ रारा नगरपालिका का जनप्रतिनिधिहरू बीच अनुभव तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । छायाँनाथ रारा नगरपालिका को कार्यालय, गमगढीमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा दुवै स्थानीय तहले गरेका उत्कृष्ट अभ्यास र चुनौतीहरूबारे छलफल भएको थियो
कार्यक्रममा पोखरा महानगरपालिका की उप-प्रमुख गुरुङ ले पोखराले स्थानीय तहमा कार्यान्वयन गरेका न्यायिक समितिका कार्यहरू, महिला सशक्तीकरणका योजना र पर्यटन प्रवर्द्धनका अनुभवहरू साझा गर्नुभयो । उहाँले भौगोलिक रूपमा भिन्न भए पनि स्थानीय सरकारका समस्याहरू समान हुने भन्दै एक–अर्काका सफल सिकाईहरू अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख  विष्णु कुमार भाम र उप-प्रमुख ले पोखराको टोलीलाई स्वागत गर्दै। नगरपालिका ले रारा क्षेत्रको पर्यटन विकास, स्थानीय पूर्वाधार र सेवा प्रवाहमा गरिरहेका प्रयासहरू बारे जानकारी गराउनुभएको थियो दुवै पक्षबीच आगामी दिनमा पनि आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
अनुभव आदान-प्रदानका लागि पोखराबाट आएको टोलीले छायाँनाथ रारा नगरपालिकाको प्रशासनिक कार्यशैलीको अवलोकन गर्नुका साथै पर्यटकीय क्षेत्र रारा तालको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?