
समाचार सारांश
Auto Generated by AI
- पोखरा र छायाँनाथ रारा नगरपालिकाका जनप्रतिनिधिबीच अनुभव तथा सिकाइ आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ।
- पोखरा उप-प्रमुख गुरुङले न्यायिक समिति, महिला सशक्तीकरण र पर्यटन प्रवर्द्धनका सफल अभ्यासहरू साझा गर्नुभयो।
- दुवै पक्षले आगामी दिनमा आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुगु रतन बहादुर रावल मुगु पोखरा महानगरपालिका का नगर उप–प्रमुख मञ्जुदेवी गुरुङ सहितको प्रतिनिधिमण्डल र छायाँनाथ रारा नगरपालिका का जनप्रतिनिधिहरू बीच अनुभव तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । छायाँनाथ रारा नगरपालिका को कार्यालय, गमगढीमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा दुवै स्थानीय तहले गरेका उत्कृष्ट अभ्यास र चुनौतीहरूबारे छलफल भएको थियो 

कार्यक्रममा पोखरा महानगरपालिका की उप-प्रमुख गुरुङ ले पोखराले स्थानीय तहमा कार्यान्वयन गरेका न्यायिक समितिका कार्यहरू, महिला सशक्तीकरणका योजना र पर्यटन प्रवर्द्धनका अनुभवहरू साझा गर्नुभयो । उहाँले भौगोलिक रूपमा भिन्न भए पनि स्थानीय सरकारका समस्याहरू समान हुने भन्दै एक–अर्काका सफल सिकाईहरू अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम र उप-प्रमुख ले पोखराको टोलीलाई स्वागत गर्दै। नगरपालिका ले रारा क्षेत्रको पर्यटन विकास, स्थानीय पूर्वाधार र सेवा प्रवाहमा गरिरहेका प्रयासहरू बारे जानकारी गराउनुभएको थियो दुवै पक्षबीच आगामी दिनमा पनि आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

अनुभव आदान-प्रदानका लागि पोखराबाट आएको टोलीले छायाँनाथ रारा नगरपालिकाको प्रशासनिक कार्यशैलीको अवलोकन गर्नुका साथै पर्यटकीय क्षेत्र रारा तालको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।
