
- मुगुमा नेता प्रसाद चौलागाईंको एकल लगानीमा जिल्लाकै पहिलो पेट्रोल पम्प सञ्चालनमा आएको छ।
- हजार लिटर क्षमताको यो पम्पले स्थानीय बासिन्दा, यातायात व्यवसायी र पर्यटकलाई सहजता प्रदान गर्नेछ।
- दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै रोजगार सिर्जना गर्ने चौलागाईंको यो प्रयासले मुगुको आर्थिक र पर्यटन विकासमा टेवा पुग्ने विश्वास छ।
रतन बहादुर रावल मुगु, -दुर्गम जिल्ला मुगुको यातायात र व्यावसायिक क्षेत्रमा एउटा नयाँ इँटा थपिएको छ। मुगुका सफल व्यवसायी तथा होटल अनुशा टपका सञ्चालक नेता प्रसाद चौलागाईंको एकल प्रयास र साहसिक लगानीमा मुगु जिल्लाकै पहिलो पेट्रोल पम्प निर्माण भई आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।कारेक्रम म पुरानो सांस्कृतिक देउडा बाजा गाजा हुट्के नाच सहित भव्यताका साथ उद्घाटन गरिएको छ।

नेपालकै सबैभन्दा ठूलो र प्रमुख पर्यटकीय गन्तव्य रारा ताल स्वर्गकी अप्सरा र मुगुको सदरमुकाम गमगढी नजिकै स्थापना गरिएको यो पेट्रोल पम्पले जिल्लाको समग्र यातायात क्षेत्रमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
पम्प सञ्चालनमा आएसँगै लामो समयदेखि पेट्रोलियम पदार्थको अभाव र सास्ती भोग्दै आएका सम्पूर्ण मुगुवासी, स्थानीय यातायात व्यवसायी तथा रारा घुम्न आउने पर्यटकहरूलाई ठूलो सहजता मिल्ने छ।

सङ्घर्षबाट सफलताको शिखरमा चौलागाईं
बाल्यकालमा अनेकौं दुःख, कष्ट र अभावका बीच सङ्घर्ष गर्दै अगाडि बढेका नेता प्रसाद चौलागाईं आज मुगुको आर्थिक र व्यावसायिक विकासका पर्याय बनेका छन्। होटल, पर्यटन, निर्माण तथा व्यापारिक क्षेत्रमा लामो समयदेखि साहसिक लगानी गर्दै आएका चौलागाईंले स्थानीय स्तरमै ठूलो संख्यामा रोजगारी सिर्जना समेत गरेका छन्। दुर्गम क्षेत्रमा सेवा र सुविधा विस्तार गर्दै जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउन उनले खेलेको अग्रणी भूमिका सम्पूर्ण युवा व्यवसायीहरूका लागि प्रेरणादायी रहेको स्थानीय बासिन्दाहरू बताउँछन्।
नयाँ पेट्रोल पम्पको उद्घाटनले मुगुको आर्थिक तथा व्यावसायिक विकासमा थप टेवा पुग्ने र आगामी दिनमा रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। पेट्रोलियम पम्पको क्षमता १२ हजार लिटर रहेको छ।
