प्रेम सुनार
गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिका ५ को बडडाँडा आसपासको जंगलमा अहिले साँझ देखि भीषण आगलागी भएको छ। छत्रकोटको साविक ६ र ८ मा पर्ने जंगलमा साँझ करिब सवा सात बजेबाट आगो लागेको स्थानीयबासी विष्णु पन्थले जानकारी दिए ।

आगलागिबाट चौपारी टोल, भएरथान टोल, गुर्जिनेटा टोल, कोटटोल लगायतका बस्तीहरू उच्च जोखिमा पर्ने पन्थको भनाई छ ।
आगलागी भएको क्षेत्रमा सल्लाहरू अत्याधिक भएकाले अझै फैलिन सक्ने र वस्ती जोखिममा पर्ने त्रासले करिव डेढ सय जना स्थानीय र खज्र्याङ्र्ग प्रहरी चौकीबट प्रहरीको टोली पनि आई पुगे स्थानीयले बताएका छन । छत्रकोट गाउँपालिकालाई दम्कलको जोह गर्न स्थानीयले आग्रह गरे पछि
रेसुङ्गा नगरपालिकाबाट दमकल मगाईकोे र बाटामा े आउँदै गरेको छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रहरी पुरीले बताए ।
आगो यति बेला झन पछि झन दन्किएको तर कच्ची सडक देखि तल भएकोले सडक नजिक नआए सम्म आगलागी निभाउन नसकिने बताईएको छ । सडक माथी आगो फैलिए थुप्रै वस्ती जोखिमा पर्ने बताईएको छ । छत्रकोटमा रहेको
रेडियो श्रृंङ्गेश्वर माफर्त आगो नियन्त्रणमा जुट्नु गाउँवासीलाई अनुरोध गरिएको छ ।
