चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

समाचार सारांश
Auto Generated by AI
  • सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
  • घटनामा दुई जना व्यक्ति गम्भीर घाइते भएका छन्।
  • अलैँची केलाउँदै गर्दा चट्याङ लागेर उनीहरू हताहत भएका हुन्।

सङ्खुवासभा।सङ्खुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पाँचखपन-८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्।

Workplace

पाँचखपन-८ पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। हावाहुरी वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तैगरी, चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका प्रहरी निरीक्षक राजवंशीले बताए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?