अछाममा किशोरीको मृत्यु प्रकरणमा गृहमन्त्रीको ध्यानाकर्षण

 

Workplace

अछाम। अछामको ढकारी गाउँपालिका–८ पल्साँताका दुई किशोरी जंगलमा मृत अवस्थामा फेला परेको घटनामा जनप्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन्।

१५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको शव ढकारी गाउँपालिका–१ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी भेटिएको थियो। आज बिहान गृहमन्त्री निवासमा पुगेर पूर्वमन्त्री तथा अछाम–१ का सांसद शेरबहादुर कुँवर, अछाम–२ का सांसद पुष्पबहादुर शाह, र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि आग्रह गरेका हुन्।

गृहमन्त्री लेखकले घटनालाई गम्भीरतापूर्वक लिएर सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिएको जनाइएको छ।

त्यस्तै, भारतमा रेल दुर्घटनामा ज्यान गुमाएका अछामका पाँच जनाको परिवारलाई राहत दिन र नेपालबाट भारत मजदुरी गर्न जाने नागरिकहरूको बिमा सुनिश्चित गर्न पनि माग गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?