icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

‘बसन्त’ फिल्मका निर्माता मोहन: टिकाटिप्पणी भ्रमपूर्ण, वर्षअन्त्यमै अर्को फिल्म घोषणा

अर्जुन थापा काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुत अभिनीत र अभिनव कथावस्तुमा आधारित चलचित्र ‘बसन्त’ पछिल्ला दिनमा विभिन्न मिडिया र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसको व्यावसायिक सफलताबारे उठेका प्रश्न र टिकाटिप्पणीका बीच फिल्मका निर्माता मोहन विश्वकर्माले आधिकारिक प्रतिक्रिया दिएका छन्।

Workplace

विश्वकर्माका अनुसार, ‘बसन्त’ निर्माणको मूल उद्देश्य नितान्त व्यवसायिक मात्र नभई प्रतिभाशाली सर्जक प्रकाश सपुतको सपना पूरा गर्ने, गम्भीर सामाजिक विषयवस्तुमा आधारित कथालाई ठूलो पर्दामा उतार्ने र नेपाली चलचित्र क्षेत्रमा केही योगदान गर्ने थियो।

“हामीले बसन्तमा निर्माण सहकार्य गर्ने निर्णय लिँदा नाफा भन्दा बढी उद्देश्य सिर्जनशीलता र समाजमा सन्देश पु-याउने थियो,” विश्वकर्माले भने, “यो पहिलो चलचित्र हाम्रो लागि बहुमूल्य सिकाइ र अनुभव हो। यसले कम्तीमा वर्षमा एउटा फिल्म बनाउन सक्ने आत्मविश्वास बढाएको छ।” उनले भने

 

उनका अनुसार, ‘बसन्त’ हालसम्म नेपालमा प्रदर्शन भइसकेको छ भने भारतमा प्रदर्शनको प्रक्रिया पूरा भएको छ। साथै, विश्वका अन्य देशहरूमा प्रदर्शनका तयारी भइरहेका छन्। फिल्म डिजिटल प्लेटफर्ममार्फत पनि दर्शकसम्म पुर्‍याइने योजना छ।

यसैले हालैको समयमै चलचित्रको सम्पूर्ण व्यवसायिक हिसाब–किताब निष्कर्षमा पुग्नु असमय भएको उनले प्रष्ट पारेका छ्न ।

“अहिले नै फिल्मको नाफा–घाटा टुंगो लगाउनु उपयुक्त हुँदैन,” उनले भने, “यो वर्षको अन्त्यसम्म प्रकाश सपुतको टिमसँग मिलेर अर्को चलचित्र निर्माण घोषणा गर्ने तयारी भइरहेको छ हामी नयाँ गर्ने योजनामा छौ ।

फिल्मको विषयवस्तु ‘बसन्त’ एक यथार्थपरक सामाजिक कथा हो, जसमा गाउँको जीवनशैली, बेरोजगारी, शहर–गाउँको फरक सोच, तथा व्यक्तिगत सपना र संघर्षलाई कथानकको केन्द्रमा राखिएको छ। प्रकाश सपुतले मुख्य पात्र ‘बसन्त’को भूमिकामा जीवित अभिनय गरेका छन् भने उनका साथमा केही चर्चित कलाकारहरूको पनि सहभागिता छ।

पछिल्लो समय, फिल्मको आम्दानी र निर्माण खर्चबारे केही मिडिया र सामाजिक सञ्जालमा आलोचना भएको छ। यसबारे प्रतिक्रिया दिँदै विश्वकर्माले दर्शक र शुभेच्छुकलाई नकारात्मक प्रचारको पछि नलाग्न आग्रह  समेत गरेका छन्।

“कलाकार प्रकाश सपुत आफ्नो कर्ममा दत्तचित्त भएर लागिरहन, सबैले हौसला र शुभकामना दिनुपर्छ उनी बताउछन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?