icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

सन्धिखर्क नगरपालि वडा नम्वर ७ मा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण

अनिल नेपाली 

Workplace

अर्घाखाँचीकाे- सन्धिखर्क नगरपालिकामा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएका छ।

नगरपालिकाको वडा नम्वर ७ मा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको हो।

सन्धिखर्क नगरपालिका वडा न ७ काे आर्थिक बर्षकाे कार्यक्रम अनुसार गर्भवती तथा सुत्केरी अवस्थामा साविक भन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ।

पोषिलो खाना र सरसफाइमा गर्भवती तथा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस भनेर पोषण तथा सामाग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।

वडाभित्र रहेका गर्भवती र २ वर्षभित्रका सुत्केरी महिलाहरुका लागि अण्डा, चना, साग नुन लगायतका पोषण सामाग्री वितरण गरिएको वडा अध्यक्ष चुरा ब केसीले बताएका छन् ।

गर्भावस्थादेखि बच्चा २ वर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ। हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने नगरपालिकाका खाँचीकाेट स्वास्थ्य चाैकि प्रमुख पेमचन्द बिकले बताए।

गर्भवती जाँच गरी शुन्य होम डेलिभरी नगरपालिका बनाउन तथा स्वास्थ्य समाजको निर्माण गर्न यस्ता खाले कार्यक्रमले सहयोग गर्ने खाँचीकाेट स्वास्थ्य चाैकी प्रमुख पेमचन्द् विककाे भनाई छ। बुधबार एक कार्यक्रमको आयोजना गरी हजार दिनका महिलाहरुका अण्डा, चना,सागर नुन लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो।

कार्यक्रममा पत्रकार महासघका अध्यक्ष गणेश खनाल वडा सचिव सिता बिसि पराजुली वडा सदस्य मिना ज्ञवाली पुष्पा नेपाली डुकलाल पाेखेलले मन्तब्य राख्नु भएको थियोे कार्यक्रममा महिला स्वयमसेविका समाजसेवी लगायतको सहभागीता रहेको थियोे

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?