लुम्बिनीमा सरकार गठनका लागि ओली–प्रचण्ड र मोहनविक्रमबीच सहमति

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी प्रदेश सरकार गठन र विकास निर्माणमा तीन दलबीच सहकार्य गर्ने सहमति भएको छ।
  • एमाले, माओवादी केन्द्र र मसालले राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि सहकार्य गर्ने भएका छन्।
  • लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिँदै चेतनारायण आचार्य नै मुख्यमन्त्री बन्ने भएका छन्।

लुम्बिनी – लुम्बिनी प्रदेशमा सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्न नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र नेकपा (मसाल)बीच सहमति भएको छ ।

Workplace

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले बुधबार हस्ताक्षर गरेको सहमति पत्रमा लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ ।

- Advertisement -Workplace

तीन दलबीच भएको सहमतिको पहिलो बुँदामा ‘लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने’ उल्लेख गरिएको छ ।

त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति गरिएको छ ।

सहमति पत्रमा एमालेका तर्फबाट अध्यक्ष ओली, नेकपाका तर्फबाट संयोजक प्रचण्ड र नेकपा (मसाल)का तर्फबाट महामन्त्री सिंहले हस्ताक्षर गरेका छन् ।

यसअघि एमाले र नेकपाबीच भएको सहमति अनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ ।

जहाँ हालका मुख्यमन्त्री चेतनारायण आचार्यले नै निरन्तरता पाउनेछन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?