लुम्बिनीमा सरकार गठनका लागि ओली–प्रचण्ड र मोहनविक्रमबीच सहमति

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी प्रदेश सरकार गठन र विकास निर्माणमा तीन दलबीच सहकार्य गर्ने सहमति भएको छ।
  • एमाले, माओवादी केन्द्र र मसालले राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि सहकार्य गर्ने भएका छन्।
  • लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिँदै चेतनारायण आचार्य नै मुख्यमन्त्री बन्ने भएका छन्।

लुम्बिनी – लुम्बिनी प्रदेशमा सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्न नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र नेकपा (मसाल)बीच सहमति भएको छ ।

Workplace

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले बुधबार हस्ताक्षर गरेको सहमति पत्रमा लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ ।

तीन दलबीच भएको सहमतिको पहिलो बुँदामा ‘लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने’ उल्लेख गरिएको छ ।

त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति गरिएको छ ।

सहमति पत्रमा एमालेका तर्फबाट अध्यक्ष ओली, नेकपाका तर्फबाट संयोजक प्रचण्ड र नेकपा (मसाल)का तर्फबाट महामन्त्री सिंहले हस्ताक्षर गरेका छन् ।

यसअघि एमाले र नेकपाबीच भएको सहमति अनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ ।

जहाँ हालका मुख्यमन्त्री चेतनारायण आचार्यले नै निरन्तरता पाउनेछन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?