
- नेपाल प्रिमियर लिगमा विराटनगरले सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य दिएको छ।
- वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा विराटनगरले १०५ रन बनायो।
- शेहानले ३९, लोकेशले २५ र रसेलले २९ रन बनाए।
काठमाडौ -नेपाल प्रिमियर लिग अन्तर्गत जारी खेलमा बिराटनगरले सुदूरपश्चिम समक्ष जितका लागि १ सय ६ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।

वर्षाका कारण ५ ओभरमा घटाइएको खेलमा बिराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५ ओभरमा २१ को रनरेटमा १ सय ५ रन बनायो।

बिराटनगरका लागि शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा २ चौका र ५ छक्का प्रहार गर्दा लोकेश बम २५ रनमा अविजित रहे। लोकेशले १० बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।
जयसूर्या आउट भएपछि क्रिजमा आएका आन्द्रे रसेलले १० बलमा २९ रनको अविजित इनिङ खेले। सुदुरपश्चिमका लागि अभिनास बोहराले १ विकेट लिएका थिए।
