
- कर्णाली याक्सले एनपीएलमा लगातार दोस्रो जित हात पारेको छ।
- कीर्तिपुरमा भएको खेलमा कर्णालीले विराटनगर किङ्सलाई ४ विकेटले हरायो।
- यसअघि कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।
काठमाडौ -नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा कर्णालीले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको हो ।

यस जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको छ ।
यसअघि कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो ।
