
- नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले काठमाडौँलाई ८ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ।
- पहिले ब्याटिङ गरेको काठमाडौँ १ सय १५ रनमै समेटिएपछि जनकपुरले सहजै लक्ष्य पूरा गर्यो।
- जनकपुरका राहुल यादवले चार विकेट लिए भने ब्याटिङमा मोइन अलीले अर्धशतकीय पारी खेले।
काठमाडौ -नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ।

बिहीबार भएको दिनको पहिलो खेलमा जनकपुरले काठमान्डुलाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो। यसअघि जनकपुर कर्णालीसँग १९ रनले पराजित भएको थियो।

खेलमा काठमान्डुले टस हारेर पहिले ब्याटिङ गर्दै जनकपुरविरुद्ध १ सय १५ रन मात्र बनाउन सकेको थियो। जनकपुरका राहुल यादवले कसिलो बलिङसामु काठमान्डु खुलेर खेल्न असफल भएको थियो।
१ सय १६ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि मोइन अलीले ५१ बलमा ५८ रनको अर्धशतकीय अविजित इनिङ्स खेले। त्यस्तै, उनलाई साइफ हसनले ४० रन बनाएर साथ दिएका थिए। यी दुईबीच तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी भएको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.३ ओभरमा १ सय १५ रनमा अलआउट भएको थियो। काठमान्डुका लागि भिम सार्कीले ३३ रन बनाउनु सर्वाधिक रह्यो। सार्कीबाहेक रसिद खानले १७ रन बनाउँदा स्मित पटेलले १३ रन बनाए। अन्य ब्याटरको प्रदर्शन भने गतिलो रहेन।
काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले महत्वपूर्ण ४ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चिएर उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अघिल्लो खेलमा पनि कर्णाली याक्सविरुद्ध २ विकेट लिएका थिए।
जनकपुरका लागि साइफ हसनले २ विकेट लिँदा हर्मित सिंह, मोइन अली र ललित राजवंशीले १-१ विकेट लिए।
