रविसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको २ माघको संशोधित निर्णय झिकाउन आदेश दिएको छ।
  • अदालतले रविको मुद्दा हेर्न नमिल्ने बाहेकका अन्य न्यायाधीशहरूको इजलासमा पेस गर्न निर्देशन दिएको छ।
  • यस आदेशका कारण रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ प्रक्रिया केही दिन लम्बिने देखिएको छ।
पूरा समाचार सुन्नुहोस्

 काठमाडौं – सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ ।

Workplace

न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेश गर्न आदेश दिएको हो ।

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

यद्यपि, सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेश भएको भेटियो । त्यसपछि न्यायाधीशद्वयले २ माघमा भएको निर्णय झिकाएर पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चको आदेश अनुसार, अब यो इजलासले रविको मुद्दा नहेर्न पनि सक्छ ।इजलासले रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशबाहेक अरु न्यायाधीश भएको इजलासमा मुद्दा पेश गर्नु भनी आदेश गरेको हो ।

सर्वोच्चको यो आदेशले रविसम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने देखिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?