बाँकेको राप्तीसोनारीमा दुई कार ठोक्किदाँ एक जनाको मृ`त्यु, छ जना घा`इ`ते

काठमाडौ – बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

Workplace

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारका क्रममा १०ः८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

- Advertisement -Workplace

प्रहरीका अनुसार आज बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार ४० वर्षीया कुसुम शाही, १६ वर्षीय शुभम शाही र कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । घाइते चालक नरेन्द्रबहादुरको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ भने कुसुम र शुभमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अर्को कार बा.प्र. ०१–०३० च ८४९६ मा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

सोही कारका चालक घोराही–७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको राजमार्ग १०ः१५ बजे देखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?