
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
- सभापति गगन थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचितहरूलाई पद तथा गोपनीयताको शपथ गराए।
- महाधिवेशनले २३१ सदस्य निर्वाचित गरेको र बाँकी पदाधिकारी तथा सदस्यहरू सभापतिबाट मनोनित हुने व्यवस्था रहेको छ।
काठमाडौ -नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण गरेका छन्।

विहिबार, सानेपास्थित केन्द्रीय कार्यालयमा काँग्रेसको नव निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सभापति गगन थापाले पद तथा गोपनियताको शपथ गराएका हुन्।

यसअघि बडादशैँको फूलपातीको दिन पारेर सभापति गगन थापाले पद तथा गोपनियताको शपथ लिदै कार्यभार सम्हालिसकेका छन्।
काँग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्बिरोध निर्वाचित भएका थिए। त्यस्तै खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समाबेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए। त्यस्तै महामन्त्रीमा प्रदिप पौडेल र उदयशमशेर राणा विजयी भएका थिए भने महिलातर्फको महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएका थिए। त्यस्तै, महाधिवेशनले ११ सहमहामन्त्रीसमेत निर्वाचित गरेको छ।
नेपाली काँग्रेसको १५औं महाधिवेशनले २३१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको थियो। २९७ सदस्यीय काँग्रेसको केन्द्रीय समितिका बाँकी ४ सहमहामन्त्री, एक कोषाध्यक्षसहित केन्द्रीय सदस्यहरु सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ।
