भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण सञ्चालन

भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण सञ्चालन गरेको छ ।

Workplace

यसले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने अपेक्षा रहेको दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ ।

- Advertisement -Workplace

क्लाउड सिडिङ भन्नाले विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा छाड्ने प्रक्रिया हो । यसबाट कृत्रिम रूपमा वर्षा हुनेछ । केही देशले यसअघि नै यस्तो प्रविधिको प्रयोग गरेपनि भारतले पहिलोपल्ट प्रयोग गरेको हो । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो ।

दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेनाले विमान प्रयोग गरी परीक्षण सुरु गरेका मन्त्रि सिंहको विज्ञप्तिमा उल्लेख छ । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले यदि मौसम अनुकूल रहेमा अक्टोबर २९ तारिख अर्थात आउँदो बुधवार दिल्लीमा कृत्रिम वर्षा भइ हावाको प्रदुषण घट्ने बताउनुभएको छ । परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी सार्वजनिक भएको छैन ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको नयाँदिल्ली अहिले संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक रहेको छ । सेप्टेम्बरमा गरेको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?