icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण सञ्चालन

भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण सञ्चालन गरेको छ ।

Workplace

यसले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने अपेक्षा रहेको दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ ।

क्लाउड सिडिङ भन्नाले विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा छाड्ने प्रक्रिया हो । यसबाट कृत्रिम रूपमा वर्षा हुनेछ । केही देशले यसअघि नै यस्तो प्रविधिको प्रयोग गरेपनि भारतले पहिलोपल्ट प्रयोग गरेको हो । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो ।

दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेनाले विमान प्रयोग गरी परीक्षण सुरु गरेका मन्त्रि सिंहको विज्ञप्तिमा उल्लेख छ । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले यदि मौसम अनुकूल रहेमा अक्टोबर २९ तारिख अर्थात आउँदो बुधवार दिल्लीमा कृत्रिम वर्षा भइ हावाको प्रदुषण घट्ने बताउनुभएको छ । परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी सार्वजनिक भएको छैन ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको नयाँदिल्ली अहिले संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक रहेको छ । सेप्टेम्बरमा गरेको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?