अर्घाखाँचीमा चुनावी माहोल तातिँदै : कांग्रेसका खनालको दाबेदारी चर्चामा, एमाले–रास्वपा–नेपाल कम्युनिस्ट पार्टिमा  कडा प्रतिस्पर्धा

अर्जुन थापा लुम्बिनी — अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी दिनप्रतिदिन बढ्दै जाँदा राजनीतिक गतिविधि गाउँ–गाउँसम्म फैलिन थालेको छ। चुनाव नजिकिँदै जाँदा दलहरू आ–आफ्नो संगठन सुदृढ गर्न, मतदाता भेटघाट तीव्र पार्न र रणनीति तय गर्न व्यस्त देखिन्छन्। यही परिवेशबीच नेपाली कांग्रेस का उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) को उम्मेदवारी जिल्लामा विशेष चर्चाको विषय बनेको छ।

Workplace

पार्टीभित्रको पुनर्संरचना, नयाँ पुस्ताको सक्रियता र नेतृत्वप्रति बढ्दो भरोसासँगै खनालको दाबेदारीलाई कांग्रेस भित्र  आशाका रूपमा हेरिएको छ। लामो समयदेखि जिल्लाको राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टी एकताको पक्षमा निरन्तर काम गर्दै आएका छन्। समर्थकहरूका अनुसार उनको यही सक्रियता नै चुनावी मैदानको सबैभन्दा ठूलो पूँजी हो।

२०४२ सालदेखि अर्घाखाँचीको राजनीतिमा निरन्तर सक्रिय रहेका खनालले पञ्चायतकालमै पनि स्थानीय मुद्दा उठाउँदै जनताको हक–हितका पक्षमा आवाज बुलन्द गर्ने भूमिका खेलेको स्मरण गरिन्छ। त्यसयता उनले शिक्षा, स्वास्थ्य, सडक तथा सामाजिक क्षेत्रमा विभिन्न अभियानमा आफुले आवाज उठाउदै आएको बताउछन् र  जनसम्पर्क मजबुत बनाएका छन्।

गाउँस्तरसम्म पुगेर समस्या बुझ्ने र समाधानका पहल गर्ने शैलीले उनलाई स्थानीय जनतामाझ चिनाएको देखिन्छ।
कांग्रेस रूपान्तरणपछि देखिएको सकारात्मक माहोल, विशेषगरी युवा नेता गगन थापा प्रति आकर्षणले पनि जिल्लामा कार्यकर्तालाई थप उत्साहित बनाएको बताइन्छ। बलियो संगठन संरचना, एकढिक्का कार्यकर्ता र निर्वाचन व्यवस्थापनमा अनुभवी टोलीका कारण खनालको चुनावी तयारी योजनाबद्ध र व्यवस्थित देखिएको छ।

उनलाई चतुर राजनीतिक खेलाडीका रूपमा समेत लिने गरिन्छ। परिस्थितिअनुसार रणनीति परिवर्तन गर्ने, लोकप्रिय मत तान्न सक्ने क्षमता र मतदातासँग सहज पहुँच उनको बलियो पक्ष मानिएको छ उनी गाउँ घरमा जाने जन्ता सङ्ग सहजै घुलमिल हुने नाच गान गर्ने जस्ता कार्यले उनी  पछिल्लो समय पार्टीभित्र देखिएको एकछत्र पकड र बढ्दो जनसमर्थनले उनको दाबेदारीलाई थप मजबुत बनाएको विश्लेषण सजिलै गर्न सकिन्छ ।

यद्यपि चुनावी यात्रा सहज भने छैन। अर्घाखाँचीमा प्रमुख प्रतिस्पर्धीका रूपमा  एमालेको बलियो संगठन संरचना कांग्रेसका लागि मुख्य चुनौती बनेको छ। गाउँ–गाउँसम्म फैलिएको एमालेको पकडले चुनावी समीकरण जटिल बनाएको छ। यससँगै वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र अर्को वाम शक्तिका रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) समेत मैदानमा उत्रिएकाले बहुपक्षीय प्रतिस्पर्धा झन् रोचक बन्ने देखिएको छ। चार प्रमुख दलबीचको प्रतिस्पर्धाले मत विभाजनको सम्भावना पनि उत्तिकै बढाएको छ भने अर्घाखाँचीमा यो पालिको निर्वाचन निकै रोचक  बन्दै गएको छ ।

पार्टीकै मतदाता जोगाउनु र आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्नु खनालका लागि अर्को महत्वपूर्ण चुनौती बनेको छ। गाउँस्तरका प्रभावशाली व्यक्तित्वलाई समेट्न नसकिएको गुनासो कतिपय कार्यकर्ताबाट सुनिनु र संगठनभित्रको असन्तुलनले चुनावी समीकरणमा असर पार्न सक्ने आकलन गरिएको छ। ३६ वर्षदेखि गुमेको राजनीतिक विरासत फर्काउने लक्ष्य कांग्रेसले राखे पनि त्यो सहज नभएको स्वीकारोक्ति स्वयं नेताहरूबाट आउने गरेको छ। यद्यपि यो पाली देशको जेन्जी आन्दोलन पोछी सबै एक भएको पनि दाबी नेता कार्यकर्ताले गरेको देखन सकिन्छ ।

विपक्षी दलहरूले विगतमा विकास बजेट र जिल्लाका ठूला योजनामा कांग्रेस नेतृत्वले पर्याप्त ध्यान नदिएको आरोप दोहोर्याउँदै आएका छन्। यस्ता आरोपको तथ्यगत जवाफ दिँदै मतदातालाई विश्वस्त पार्नु खनालको चुनावी रणनीतिमा महत्वपूर्ण देखिएको छ।खनाल भने निर्वाचित भए अर्घाखाँचीको समग्र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। पूर्वाधार विस्तार, शिक्षा संस्थाको स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र युवाका लागि रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बनाएको उनले बताएका छन्। प्रदेश र संघीय सरकारसँग समन्वय गरेर बजेट भित्र्याउने तथा दीर्घकालीन योजना अघि बढाउने उनको दाबी छ।

“समग्र अर्घाखाँचीको विकास नै मेरो पहिलो लक्ष्य हो,” भन्दै उनले यसपटक सम्पूर्ण मतदातालाई आफ्नो पक्षमा मत दिन हार्दिक अपिल समेत गरेका छन्।

समग्रमा हेर्दा विष्णुप्रसाद खनाल (मुस्कान) को उम्मेदवारी अवसर र चुनौतीमा  उभिएको छ। एकातिर लामो राजनीतिक अनुभव, प्रभावशाली व्यक्तित्व र बलियो संगठन उनको आधार बनेका छन् भने अर्कोतर्फ एमालेसहित अन्य दलहरूको सशक्त उपस्थितिले प्रतिस्पर्धा कडा बनेको छ। अन्ततः मतदाताको निर्णयले नै अर्घाखाँचीको आगामी राजनीतिक दिशा र विकास यात्राको मार्ग तय गर्नेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?