नेपाली समाज भारत, मध्य प्रदेश राज्य महिला विभागद्वारा आयोजित तीज मिलन समारोह भव्यतापूर्वक सम्पन्न

अर्जुन थापा नयाँ दिल्ली  – नेपाली समाज भारत, मध्य प्रदेश राज्य महिला विभागद्वारा आयोजित तीज मिलन समारोह हिजो आइतबारको दिन   भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा करिब ७०० महिला दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

Workplace

कार्यक्रमको अध्यक्षता महिला समितिकी अध्यक्ष श्रीमती सीता खनालज्यूले गर्नुभयो भने सञ्चालन श्रीमती गोमा घिमिरेले गर्नुभएको थियो। मुख्य अतिथिको रुपमा नेपाली समाज भारतका केन्द्रीय उपमहासचिव श्री नगेन्द्र ढकाल उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा केन्द्रीय सदस्य श्री लालसिंह परियार, श्रीमती शान्ति लुइटेल, श्रीमती राधा अर्याल, श्री ऋषि प्रसाद लुइँटेल, दिनेश अधिकारी, रामलाल शर्मा, तथा राज्य अध्यक्ष मोतिलाल अर्याल रहनु भएको थियो।

त्यसैगरी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसमा नेजसकी श्रीमती इन्दिरा घिमिरे, श्री पशुपतिनाथ नेपाली समाजकी श्रीमती माया पाण्डे, प्रवासी नेपाली संघ भारतबाट श्रीमती दाना पाण्डे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजकी श्रीमती सरिता पचभैया, प्रवासी नेपाली सम्पर्क मञ्चकी श्रीमती सावित्रा खनाल, गोरखा शर्माकी श्रीमती पुलामी, र भारतीय जनता पार्टीकी राज्य महिला सदस्य श्रीमती शशी सिन्हो सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा तीजको सांस्कृतिक महत्त्वबारे मन्तव्यहरू राखिनुका साथै गीत, नृत्य र परम्परागत वेशभूषाको प्रदर्शनले समारोहलाई झनै आकर्षक बनाएको थियो। आयोजक समितिले यस कार्यक्रममा सहभागी सबै अतिथि, महिला दिदीबहिनीहरू र सहयोगी हातहरू प्रति आभार प्रकट गरेको  थियो।  तिज नजिकिदै गर्दा प्रवासी महिला दिदी बहिनी हरुको यो उत्साहजनक उपस्थितिले आफ्नो मौलिकता जहाँ भए पनि बिर्सनु हुदैन भने सन्देश समेत दिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?