गुल्मीको चन्द्रकोट गाउँपालिका ३ सल्लाका रुख ढलेर बस्ती जोखिममा करिब २५० जनालाई सुरक्षित स्थानमा सारियो

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीको बार्जिङ सामुदायिक वनमा सल्लाका रुख एक्कासी ढल्न थालेका छन्।
  • पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि ३० घरपरिवार विस्थापित भएका छन्।
  • स्थानीयवासी सुरक्षित रहन आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

गुल्मी – गुल्मीमा सामुदायिक वनमा रहेका सल्लाका रुख एकाएक ढल्न थालेपछि ३० परिवार डरले विस्थापित भएका छन् ।

Workplace

चन्द्रकाेट गाउँपालिका-३ भुल्केस्थित बार्जिङ सामुदायिक वनमा रहेका रुख शनिबार एक्कासी ढल्न थालेका हुन् ।

सल्लाका रुख ढल्ने र ढुंगा खस्ने भएपछि नजिकको बस्ती थप्लुङ भुल्केका स्थानीय ३० घरपरिवारले आफन्तकाेमा आश्रय लिएका छन् ।

निरन्तरकाे वर्षाका कारण पहिरोले रुख ढल्ने र ठूलो ढुंगा खस्नुका साथै पहिरो बस्तीसम्म आउने जाेखिमका कारण स्थानीयलाई सुरक्षित स्थानमा जान सुझाव दिइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बाेगटीले नेपाल खोज खबर लाई जानकारी दिए ।

चन्द्रकाेट गाउँपालिका अध्यक्ष युवराज केसीले भने जाेखिम बढेपछि रातको समयमा हुनसक्ने जाेखिमलाई मध्यनजर गर्दै नजिकको बस्ती का स्थानीय हरुलाई सुरक्षित स्थानमा सारिएको र बस्तीका स्थानीयहरु स्वतस्फूर्त आफन्त छिमेकीमा आश्रय लिएको उनले भने ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?