icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

विप्लव : कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास भइरहेको छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले कम्युनिष्टहरूलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास भइरहेको बताएका छन्।

Workplace

शुक्रबार दल दर्ताका लागि सनाखत गराउन निर्वाचन आयोग पुगेका विप्लवले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले देशभर कम्युनिष्ट एकताको बहस जारी रहेको उल्लेख गरे। उनले भने, “हामी कम्युनिष्टहरूलाई नयाँ ढंगले, नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयासमा छौँ।”

उनका अनुसार नयाँ पुस्ताको चाहना र जनताको सल्लाहका आधारमा पार्टीलाई निर्वाचनमा सहभागी गराउन दर्ता प्रक्रिया अघि बढाइएको हो। विप्लवले भने, “हाम्रो पार्टी नयाँ हो, जनताको सुझाव र सल्लाहअनुसार नै हामी निर्वाचनमा जाने तयारी गर्दैछौं।”

नेकपाले अहिलेसम्म देशलाई क्षति पुर्‍याउने कुनै काम नगरेको र गर्न नदिएको दाबी गर्दै उनले आगामी दिनमा जनताको सुझावअनुसार नै देशको हितमा काम गर्ने प्रतिबद्धता जनाए।

विप्लवले अहिले देशमा निर्वाचनको वातावरण पूर्ण रूपमा तयार नभए पनि निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने धारणा राखे।

केही दिनअघि विप्लव नेतृत्वको पार्टीले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। त्यसपछि आयोगले शुक्रबार दलका शीर्ष नेताहरूलाई सनाखतका लागि बोलाएको हो।

विप्लव नेतृत्वको पार्टीले अघिल्लो चरणमा ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ नामबाट राजनीतिक गतिविधि गर्दै आएको थियो भने, आगामी निर्वाचनका लागि ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम प्रस्ताव गरेको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?