तेर देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान

समाचार सारांश
Auto Generated by AI
  • संसदीय सुनुवाइ समितिले १३ देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ।
  • सर्वसाधारणले १० दिनभित्र प्रमाणसहित संसद् सचिवालय वा प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन्।
  • उजुरीमाथि छानबिन र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि मात्र राजदूतको नियुक्ति हुनेछ।

काठमाडौ – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ ।

Workplace

आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।

इच्छुक व्यक्तिले १० दिनभित्र सङ्घीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रीतपूर्वक उजुरी दर्ता गराउन सक्नेछन् । सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरबशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिस गरेको छ ।

त्यसै गरी इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलङ्का र साउदी अरेबियाका लागिसमेत राजदूत सिफारिस भएका छन् ।

प्राप्त उजुरीमाथि छानबिन र संसदीय सुनुवाइ पूरा भएपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्ने छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?