संसद् नियमित चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए : देवराज घिमिरेले

काठमाडौ -सभामुख देवराज घिमिरेले संसद् नियमित चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किएको बताउनुभएको छ ।

Workplace

डिप्लोमा इन्जिनियर्स एशोसिएशन नेपाल (डीन) को ४५औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा आज ललितपुरमा भएको कार्यक्रममा उहाँले संसद् चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन लगायतका महत्त्वपूर्ण ऐनहरू अड्किएर बसेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले संसद्‍मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यका लागि सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानून बनाउने, कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न आवश्यक रहेको धारणा राखेका हुन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?