कपिलवस्तुमा श्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

कपिलवस्तु, – कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित ग्यालेरीटोलाबाट श्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बैशाख १४ गते साँझ ५:०० बजे चन्द्रौटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा ४२ लाख १० हजार ४४४ रुपैयाँ फेला पारेको हो।

Workplace

पक्राउ परेका व्यक्ति भारत बलरामपुर जिल्ला तुलसीपुर ग्रामसमूह निवासी ३२ वर्षीय आशिष कुमार साहनी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साहनीले साथमा बोकेको नगदमध्ये नेपाली रुपैयाँ २४ लाख १० हजार र भारतीय रुपैयाँ १६ लाख ५ हजार ४४४ रहेकाे पाइएको छ। यी रकमहरू भारतीय र नेपाली दुवै नोटमा छुट्टाछुट्टै रूपमा बरामद गरिएको हो।

- Advertisement -Workplace

पक्राउ परेका साहनी र उनीसँग फेला परेका रकमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीका अनुसार बरामद भएको रकमको श्रोत नखुलेपछि साहनीलाई आवश्यक अनुसन्धानका लागि थप प्रक्रियामा अगाडि बढाइएको जनाइएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?