विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्र अग्रस्थानमा

समाचार सारांश
Auto Generated by AI
  • विश्वका शीर्ष २० कनेक्टिभिटी भएका विमानस्थलमध्ये ८ वटा एशिया–प्रशान्त क्षेत्रका छन्।
  • मलेसियाको क्वालालम्पुर विमानस्थल एशियाकै उत्कृष्ट र विश्वकै चौथो स्थानमा रहेको छ।
  • एशियाली विमानस्थलहरूमा धेरै वायुसेवाको प्रतिस्पर्धाले हवाई सञ्जाललाई थप बलियो बनाएको छ।

अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल (कनेक्टिभिटी) मा एशिया–प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन् । विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ओएजी’ ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार विश्वका शिर्ष २० कनेक्टिभिटी भएका विमानस्थलमध्ये ८ वटा एशिया–प्रशान्त क्षेत्रकै परेका छन् ।

Workplace

ओएजीद्वारा जारी ‘मेगाहब्स’ प्रतिवेदनअनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एशियाली क्षेत्रमा पहिलो स्थानमा रहेको छ । क्वालालम्पुर विमानस्थलबाट अहिले विश्वका १५४ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा प्रत्यक्ष हवाई सम्पर्क कायम हुँदै आएको प्रतिवेदनले जनाएको छ । यसले दक्षिणपूर्वी एशियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न खेलेको रणनीतिक भुमिकालाई पुष्टि गर्छ ।

प्रतिवेदन अनुसार एशिया–प्रशान्त क्षेत्रका शीर्ष १० विमानस्थलमा कुनै एउटा मात्र प्रमुख वायुसेवा कम्पनीको एकाधिकार न्युन रहेको छ । यहाँका शीर्ष विमानस्थलहरूमा प्रमुख विमान कम्पनी (डोमिनेन्ट क्यारियर) को औसत हिस्सा ३३ प्रतिशत मात्र रहेको छ, जुन विश्वका अन्य विकसित क्षेत्रहरूको तुलनामा निकै कम हो । यसले उड्डयन बजारमा एकल वर्चश्वको सट्टा तिब्र र स्वस्थ प्रतिस्पर्धा रहेको जनाउँछ ।

ओएजीका विश्लेषकहरूकाअनुसार दक्षिणपूर्वी तथा उत्तरपूर्वी एशियाली देशहरुमा पूर्ण–सेवा प्रदायक तथा बजेट एयरलाइन्स (लो–कस्ट क्यारियर) दुवैको सन्तुलित र प्रभावकारी उपस्थिति रहेको छ । विभिन्न वर्ग र आवश्यकताका यात्रुहरूलाई लक्षित गरी सञ्चालन गरिएका यी विविध वायुसेवा कम्पनीहरूको उपस्थितिले गर्दा नै यस क्षेत्रमा हवाई सम्पर्क सञ्जाल सर्वाधिक फराकिलो र सुदृढ बन्न पुगेको निष्कर्ष प्रतिवेदनको रहेको छ

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?