मौसम प्रतिकूलताका कारण कांग्रेसको क्षेत्रीय अधिवेशनको कार्यतालिका संशोधन

समाचार सारांश
Auto Generated by AI
  • प्रतिकूल मौसम र केही जिल्लामा वडा अधिवेशन ढिला भएकाले कांग्रेसले क्षेत्रीय अधिवेशनको मिति सारेको छ।
  • संशोधित कार्यतालिका अनुसार अब क्षेत्रीय अधिवेशन असोज १३ गतेसम्म सञ्चालन हुने भएको छ।
  • अधिवेशन लम्बिएकाले महाधिवेशनको उद्घाटन असोज १८ गतेसम्म पछि सर्न सक्ने सम्भावना रहेको छ।

काठमाडौ – प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसले आफ्नो क्षेत्रीय अधिवेशनको कार्यतालिका संशोधन गरेको छ।

Workplace

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शनिबारबाट सुरु हुने भनिएको अधिवेशन अब असोज १३ गतेसम्म सञ्चालन हुनेछ।

कटुवालले मौसमका कारण निर्धारित समयमा तीन दिन थप गरिएको जानकारी दिए। मधेश प्रदेशलगायतका केही जिल्लामा वडा अधिवेशन सम्पन्न हुन ढिलाइ भएकाले पनि क्षेत्रीय अधिवेशनको मिति धकेलिएको हो।

उनले असोज १३ गतेसम्म प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएमा महाधिवेशनको प्रक्रिया अगाडि बढाउन कुनै समस्या नहुने बताए। यद्यपि, केही ढिलाइ भएमा महाधिवेशनको उद्घाटन असोज १८ गते गर्नुपर्ने अवस्था आउन सक्ने उनले उल्लेख गरे।

कांग्रेसमा यसपटक पालिका सभापति र प्रदेशसभा क्षेत्रीय सभापति पनि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेकाले अधिवेशन अनिवार्य मानिएको छ। नेपाल न्युज

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?