यस्तो छ आज को मौसम धेरै ठाउँमा निरन्तर झरी, आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने

समाचार सारांश
Auto Generated by AI
  • बङ्गालको खाडी र मनसुनी वायुको प्रभावले देशभर ठूलो वर्षा भइरहेको छ।
  • आज र भोलि देशका धेरै ठाउँमा भारी वर्षा र हावाहुरीको जोखिम छ।
  • जोखिमलाई मध्यनजर गर्दै सरकारले उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

काठमाडौ – कर्णाली र सुदूरपश्चिमको पहाडी भेगबाहेक देशका अरु ठाउँमा निरन्तर झरी परिरहेको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरु भएको हो ।

Workplace

आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी, खोलामा ठूलो बाढी आएको छैन । तर पानीको बहाव बढ्न थालेको छ ।

आज र भोलि जोखिम बढी रहेकाले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश प्रदेशको एक/दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

मौसमका जानकार उज्ववल उपाध्यायले आज बिहानैदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खासगरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रुपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तिब्रता केही घट्ने जानकारी दिनुभएको छ ।

आज र भोलि ठूलो पानी पर्ने भएकाले सरकारले त्यसैअनुसार पूर्वतयारी र उच्च सतर्कता अपनाएकाे जनाएको छ । धेरै विद्यालयले आज बिदा दिएका छन् । मुख्य राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भैरहेको सरकारी निकायले जनाएका छन् ।

मौसमविदहरुले विशेषगरी आज र भोलि लामोदूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएको ठाउँमा विशेष चनाखो हुन अनुरोध गरेका छन्

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?