काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसो करिब पौने २ बजे आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय जीवन राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो तर असलताल्ले उनलाई मृत्यु घोषित गरेको छ ।
मृतकका आफन्तहरूले घटनास्थलमा पुगेर त्रिशुली–काठमाडौं सडकखण्ड अवरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँका अनुसार स्थानीय र मृतकका आफन्तहरूसँग अहिले वार्ता भइरहेको बताएका छ्न ।
दुर्घटनामा बसमा सवार १८ जना र मोटरसाइकलमा रहेका जीवन राई घाइते भएका थिए । घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउने क्रममा बस अनियन्त्रित भई भित्तामा ठोक्किएको कारण दुर्घटना भएको हो प्रहरीले जनाएको छ ।
