सीता एयरको जहाज जुफाल विमानस्थलको रनवेमा दुर्घटना

समाचार सारांश
Auto Generated by AI
  • नेपालगञ्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको छ।
  • अवतरण गर्ने बेला जहाजको पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो।
  • जहाजमा सवार १३ जना यात्रु सकुशल रहेका छन् र थप विवरण संकलनको काम भइरहेको छ।

काठमाडौ – नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुनबाट जाेगिएकाे छ ।

Workplace

अवतरणका क्रममा जहाजकाे पछाडिको दाहिनेतर्फको चक्का टायर फुत्किएर बाहिर निस्किएको थियाे ।

बिहीबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको दाहिने साइडको चक्का फुत्किएर बाहिर निस्किएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्ताेष सिंह राठौरका अनुसार उक्त जहाजमा ७ जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार थिए ।

सवारमध्ये ११ जना पुरुष र २ जना महिला रहेको जनाइएको छ ।

चक्का फुत्किए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेको र अन्य कुनै क्षति नभएको राठौरले जानकारी दिए । जहाज अहिले विमानस्थलको रनवे मै छ ।

घटनापछि जहाज र त्यसमा सवार यात्रुको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएकाे छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?