icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

अनिल नेपाली

Workplace

राष्ट्रिय दलित पत्रकार सघ नेपाल लुम्बिनी प्रदेश समितिकाे आयोजनामा अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको श्री भगवती माध्यमिक विधालयमा राष्ट्र निर्माणका लागि बिधार्थीकाे भुमिका बिषयक बक्तवकला प्रतियाेगिता सम्पन्न भएको छ ।

कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले समाज सुधार र देश निर्माणमा सबै भुमिका महत्त्वपूर्ण हुदै बताउदै समाजमा अझै पनि अन्धविश्वास रूढिबादी परम्पराले केही जातीय द्वन्द्व आउने गरि छुवाछूतका घटना घटेता पनि त्यसलाई न्युनिकरण गर्न दलित समुदायलाई आत्मनिर्भर बनाउने गरि नीति तथा कार्यक्रमसहित सन्धिखर्क नगरपालिका अगाडि बढेको र यस्ता सकारात्मक र रचनात्मक कार्यक्रमले समाज सुधारमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै राष्ट्रिय दलित पत्रकार सघले आफ्नो स्थापना दिवसको अबसरमा सकारात्मक काम गरेको बताएका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न २ का अध्यक्ष माेतिजङ रायमाझी विधालयका प्रधानाध्यापक धुब ब केसी पत्रकार महासघका लुम्बिनी प्रदेशका काेषाध्यक्ष प्रेमनारायण आचार्य , जिल्ला अध्यक्ष गणेश खनाल , प्रेस चाैतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शाेभाखर पन्थी समाजबादी प्रेस सगठनका केन्द्रीय उपाध्यक्ष हृदय कुमार भुसाल दलित अधिकारकर्मी बिष्णु परियार सन्जय नेपाली लगायतले कार्यक्रममा मन्तब्य राख्दै दलित पत्रकार सघले आफ्नो स्थापना दिवसको अबसरमा सकारात्मक र रचनात्मक काम गरेको भन्दै प्रशासा समेत गरेका थिए ।

उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा प्रथम द्वितीय तृतीय शान्तवना हुने विधार्थीलाई प्रशशा पत्र नगद पुरस्कार सहित सम्मान गरिएको थियोे ।

कार्यक्रम सघका लुम्बिनी प्रदेशका सचिव अनिल नेपालीको अध्यक्षता जिल्ला उपाध्यक्ष नवीन रसाइलीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा त्रियाशिल सञ्चारकर्मी दलित अगुवा , जनप्रतिनिधि लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे ।

तस्बिरहरू

 

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?