बाढीपहिरोका कारण मुलुकका विभिन्न सडक अवरुद्ध

समाचार सारांश
Auto Generated by AI
  • बाढी र पहिरोका कारण देशका विभिन्न सडक खण्डहरू अवरुद्ध भएका छन्।
  • खोटाङको मध्य पहाडी लोकमार्गमा पहिरो खस्दा यातायात पूर्ण रूपमा बन्द छ।
  • अर्घाखाँचीको सालझण्डी-ढोरपाटन सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ।

काठमाडौं।बाढीपहिरोका कारण मुलुकका विभिन्न सडक अवरुद्ध भएका छन् । बिहीबार (असोज ८) बिहान ७:३० बजे अपडेट सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो ।

Workplace

खोटाङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ६:४० बजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौतेखोलामा ढुंगासहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीस्थित सालझण्डी-ढोरपाटन सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार बिहान ७:९ बजे अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, ढुङग्रेखोला नजिकै सालझण्डी-ढोरपाटन सडकमा लेदोसहितको पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?