
- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
- सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेर २ लाख ९९ हजार १ सयमा झरेको छ।
- चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँले घटेर ४ हजार ६ सय ५० कायम भएको छ।
काठमाडौ – नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।
हिज (बुधबार) को तुलनामा प्रतितोला ३ हजार २ सय रुपैयाँले कम हो।
बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि बिहीबार गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।
