तेल पूर्वाधारमा आक्रमण नगर्नू: ट्रम्प

समाचार सारांश
Auto Generated by AI
  • युक्रेनले रुसका तेल प्रशोधन केन्द्रमा आक्रमण गर्न बन्द गर्नुपर्ने ट्रम्पको सुझाव छ।
  • यस्तो आक्रमणले विश्वभर इन्धनको अभाव र मूल्य वृद्धि भएको ट्रम्पको भनाइ छ।
  • युक्रेनले भने रुसी तेल केन्द्रहरूलाई वैध सैन्य लक्ष्यका रूपमा लिँदै आएको छ।

युक्रेनले रूसका तेल प्रशोधन केन्द्र तथा ऊर्जा पूर्वाधारमा गर्दै आएको ड्रोन आक्रमणका कारण इन्धनको अभाव बढेको भन्दै ट्रम्पले यस्तो आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ‘जेलेन्स्कीले एउटा काम गर्नुपर्छ-रूसमा डिजेल इन्धन उत्पादनलाई निशाना बनाउन बन्द गर्नुपर्छ,’ ट्रम्पले पत्रकारहरूसँग भने।

Workplace

यसबारेमा आफूले जेलेन्स्कीसँग पनि कुरा गरेको उनले बताए। ‘जेलेन्स्कीसँग पनि यो बारेमा कुरा गरेको छु। रूमा अन्य धेरै ठाउँ छन्। डिजेललाई निशाना नबनाऊ। यसले विश्वलाई असर गरिरहेको छ भनेको छु,’ उनले भने।

रूस र युक्रेनबीच लामो समयदेखि जारी युद्धमा पछिल्ला महिनाहरूमा दुवै पक्षले एकअर्काका ऊर्जा तथा इन्धन पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएका छन्। युक्रेनले पछिल्ला महिनाहरूमा लामो दूरीका ड्रोनमार्फत रूसका तेल प्रशोधन केन्द्रमा लगातार आक्रमण गर्दै आएको छ।

ती आक्रमणका कारण रूसको इन्धन उत्पादन घट्दा देशका विभिन्न क्षेत्रमा पेट्रोल अभावसमेत देखिएको रोयटर्सले जनाएको छ। युक्रेनले भने रूसका तेल प्रशोधन केन्द्रहरू सैन्य प्रयोजनमा प्रयोग हुने भएकाले ती वैध सैन्य लक्ष्य भएको बताउँदै आएको छ।

उता, रूसले पनि युक्रेनका ऊर्जा पूर्वाधारलाई नियमित रूपमा निशाना बनाउँदै आएको छ। ट्रम्पले अहिले देखिएको विश्वव्यापी इन्धन अभावको कारण मध्यपूर्वको घटनाक्रम मात्रै नभएको बताए।

‘यो मध्यपूर्वको तनावका मात्रै होइन, रूस र युक्रेनमा भइरहेको घटनाक्रमले भएको हो,’ उनले भने। अमेरिकामा पनि डिजेलको मूल्य बढिरहेको छ। मूल्य ट्र्याकर ग्यासबडीका अनुसार बिहीबार अमेरिकामा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?