
- नेपाली बजारमा सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घटेको छ।
- शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
- चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ।
काठमाडौ -नेपाली बजारमा सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ तोकिएको छ ।
हाम्रो अन्य समाचार सुचना खेल मनोरंजन हेर्न पडनको लागि हाम्रो तल दिएको फेस्बुक पेज follow गरि जोडिन सक्नुहुन्छ धन्यवाद।
