
- केही सातादेखि घट्दै आएको सुनको मूल्य आज ह्वात्तै बढेको छ।
- सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ४ सय पुगेको छ।
- चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर ३ हजार १ सय १० रुपैयाँ कायम भएको छ।
काठमाडौ -विगत केही साता लगातार घटेको सुनको मूल्य आज बढेको छ ।

आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएकाे छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँ बढेको छ ।
आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
