
- प्रधानमन्त्री बालेन शाह आज ३४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारतको दुई दिने राजकीय भ्रमणमा जाँदै छन्।
- प्रधानमन्त्री मोदीको निमन्त्रणामा हुन लागेको यो उनको पदभार ग्रहणपछिको पहिलो औपचारिक विदेश भ्रमण हो।
- भ्रमण टोलीमा अर्थमन्त्री र परराष्ट्रमन्त्रीसहित उच्चपदस्थ अधिकारीहरू सहभागी छन्।
काठमाडौ -प्रधानमन्त्री बालेन शाह आज मंसिर ६ गते भारत प्रस्थान गर्दै छन्।

राजकीय भ्रमणका लागि उनी आज भारत प्रस्थान गर्ने भएका हुुन् । ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै शाह आज आइतबार दिउँसो १ः४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि भारतको राजकीय भ्रमणमा जाने भएका हुन्। गत चैत १३ गत प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन्।
प्रधानमन्त्रीसँग अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी भारत भ्रमणमा जानेछन्।
त्यहाँ पुगेपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट भ्रमण टोलीमा राजदूतसहित केही सदस्य थपिनेछन्।
प्रधानमन्त्री शाह आज दिल्ली ओर्लिंदा त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।
भारत मा तयारी फोटो

