प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसन फोरममा सहभागी हुने

समाचार सारांश
Auto Generated by AI
  • प्रधानसेनापति अशोकराज सिग्देल औपचारिक चीन भ्रमणमा प्रस्थान गर्नुभएको छ।
  • उहाँले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा भाग लिनुहुनेछ।
  • भ्रमणका क्रममा उहाँले विभिन्न देशका सैन्य प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुहुनेछ।

काठमाडौ -नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।

Workplace

सैनिक मुख्यालय जंगी अड्डाकाअनुसार प्रधानसेनापति सिग्देल भदौ २८ देखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहनु हुनेछ ।

भ्रमणका क्रममा उहाँले चीनको राजधानी बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गर्नुभएको थियो ।

चीन भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले फोरममा सहभागी विभिन्न देशका सैन्य अधिकारी तथा प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?