सुनको मूल्य घट्यो कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घटेको छ।
  • घटेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८० हजार २०० रुपैयाँ कायम भएको छ।
  • सुनसँगै चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ पुगेको छ।

काठमाडौ -नेपाली बजारमा शुक्रबार (कात्तिक १४) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घटेको हो।

- Advertisement -Workplace

यस गिरावटसँगै शुक्रबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८० हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो भने बुधबार ९०० रुपैयाँले बढेर २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको थियो। गत आइतबार भने सुनको मूल्य तोलामै ११ हजार ७०० रुपैयाँको ठूलो गिरावट आउँदै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो।

सुनसँगै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घट्दै ३ हजार ८२५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ पुगेको थियो।

यस्तै, मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको चाँदीको मूल्य सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको थियो। गत आइतबार चाँदीको मूल्यमा पनि २३० रुपैयाँको गिरावट आउँदै प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?