कोहलपुर, बाँके — भारतको नयाँ दिल्लीमा धनमाल लुटपाट गरी नेपाल फर्किएका कालिकोट जिल्लाका ६ जना नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट १५ तोला सुनका गरगहना (लालपत्तीसहित) र नगद सात लाख ८७ हजार रुपैयाँ बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार उनीहरू भारतको नयाँ दिल्लीस्थित एक घरमा घरेलु कामदार बनेर काम गर्दै आएका थिए। घरधनीको अनुपस्थितिमा विश्वासको फाइदा उठाउँदै सुन र नगद लुटपाट गरी नेपाल फर्किएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले योजनाबद्ध रूपमा भारतमा नेपाली नागरिककै विश्वास तोडी चोरी गरेको खुलेको छ। पक्राउ परेकामध्ये सबै कालिकोट जिल्ला स्थायी ठेगाना भएका हुन्।
पक्राउ परेकालाई बाँके जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ।
पछिल्लो समय भारतमा रोजगारीका लागि गएका केही नेपालीहरूले चोरी, ठगी र लुटपाटजस्ता अपराधमा संलग्न हुन थालेपछि त्यहाँ इमानदार रूपमा पसिना बगाउने नेपाली कामदारहरू समस्यामा पर्ने अवस्था सिर्जना भएको छ। नयाँ दिल्ली, मुम्बई, हैदराबाद, बेङ्गलोर लगायतका ठूला सहरमा घरेलु कामदारको रूपमा कार्यरत नेपालीहरूबाटै यस्ता घटना बढ्न थालेको स्थानीय सुरक्षा निकायहरूले जनाएका छन्।
भारतमा कार्यरत एक नेपालीले नाम नखुलाउने सर्तमा भने, “हामीले दिनरात मेहनत गरेर कमाइ गरिरहेका छौं। तर केही नेपालीको नाजायज कामले सबै नेपालीमाथि प्रश्न उठ्ने गरेको छ।” यस्तो समाचार सुन्दा र हेर्दा निकै दु:ख लाग्छ उनी बताउछन् ।
दुई देशबीच खुला सीमाका कारण मानिसहरूको आवतजावत सहज भए पनि आपराधिक गतिविधिमा संलग्नहरूको नियमन चुनौतीपूर्ण बन्दै गएको छ। यस्ता घटनाले भारतमा नेपाली कामदारप्रति विश्वास घटाउने खतरा रहेको भन्दै नेपाल सरकारले समेत निगरानी र सचेतना अभियान चलाउनुपर्ने आवश्यकता देखिएको छ।
लाखौं नेपाली यति बेला रोजगारी ,ब्यापार बिजनेसको र अध्यापनको लागि भारत प्रवासमा छ्न यस्ता घटानाले समेत उनी हरु माथी मानसिक चिन्तन भएको धेरै नेपालिले नेपाल खोज खबर संवाददाता लाई बताएका हुन ।दुबै देशको सरकार र पुलिस प्रशासन मिलेर यस्ता घटना लाई नियन्त्रणमा नलिए र कडाइ नगरे सम्म यस्ता घटना झन बडने छ्न । तर दुबै देशको प्रशासन यतिबेला मिलेर यस्ता क्रियाकलाप संलग्नमा कडा कारबाही गरेका छ्न ।

