२६ फाल्गुन २०८२, मंगलबार

अर्घाखाँचीमा जीप दु`र्घटना, दुईजना घा`इते

अर्घाखाँची — अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–४ बाट बुटवलतर्फ जाँदै गरेको लु१ ज ४९१५ नम्बरको फोर्स जीप आज बिहान दुर्घटनामा परेको छ। पाणिनी गाउँपालिका–७ को एक्लेभिरमा बिहान करिब ८ बजे जीप सडकमै दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

Workplace

 

जिपमा सवार तीन जनामध्ये दुईजना घाइते भएका छन् भने एक जना सकुशल रहेका छन्।

घाइतेहरुको टाउको र हातमा चोट लागेकाले उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते हुनेमा जीप चालक छत्रदेव–४ का गुणानिधी पाण्डे रहेका छन्, जसको हातमा चोट लागेको छ। त्यस्तै छत्रदेव–८ का तारा प्रसाद पाण्डेको टाउकोमा चोट लागेको बताइएको छ।

दुर्घटना कसरी भयो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?